सार्वजनिक यातायात
बागमती प्रदेशभित्र सार्वजनिक यातायात कहाँको भाडादर कति ? (सूचीसहित)
शुक्रबार, १२ जेठ २०८०, २३ : १६

काठमाडौँ । बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । जसअनुसार काठमाडौँ उपत्यकाबाहिर प्रदेशभित्र पुग्ने रुटहरुको बस भाडा निर्धारण भएको छ । काठमाडौ–कुरिटनटारको भाडा २९४, काठमाडौँ–खोपासी ११८, काठमाडौँ–गल्छी १३९ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी काठमाडौँ–त्रिशूली २४६ रुपैयाँ भाडा निर्धारण भएको छ । यसैगरी काठमाडौँ–धादिङवेशी २५९, काठमाडौँ नारायणगढ ४३१ रुपैयाँ भाडा निर्धारण भएको छ ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । काठमाडौँ उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत घटाइएको हो ।
कहाँको भाडा कति ? सूची हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध