नबिल बैंकसँग खल्तीको सहकार्य, १०० रुपैयाँ बोनस र टिभी पाउने आकर्षक अफर
काठमाडौँ । खल्तीले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा खाताको बैंक लिंक सुविधा उपलब्ध गराएको छ। यस सुविधा अन्तर्गत प्रयोगकर्ताले नबिल बैंक लिङ्क गर्दै रु. १०० बोनस र उपहारमा ४३ इन्चको स्मार्ट टि.भी, र ३२ इन्चको र ‘खल्ती प्रो’ को सब्स्क्रिप्शन जित्न सक्नेछन्।
प्रयोगकर्ताले खल्तीमा आफ्नो पहिलो बैंक लिङ्क गर्दै पहिलो भुक्तानी गरेमा रु. १०० बोनस प्राप्त गर्नेछन्। प्रयोगकर्ता मध्ये नै एक भाग्यशाली बिजेताले बम्पर पुरस्कारको रूपमा ४३ इन्चको स्मार्ट टिभी र हरेक हप्ता एक जनाले ३२ इन्चको स्मार्ट टिभी र ‘खल्ती प्रो’ को सब्स्क्रिप्शन प्राप्त गर्नेछन्।
यसका साथै , खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत १०० रुपैयाँभन्दा बढीको भुक्तानीमा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्डमा करोडौं मूल्यका पुरस्कार र कुपनको प्राप्त गर्नसक्नेछन् भने कुनै पनि २ भुक्तानी पूरा गरेर पल्सर N160 जित्न सक्नेछ 'खल्ती' डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण