गौहत्या गर्नेलाई गाउँपालिकाले दिने सेवा सुविधा बन्द गर्ने निर्णय
बाँके । पछिल्लो समय बाँकेको नरैनापुर गाउँपालिकामा गौ (गाई) हत्याको घटना बढ्न थालेपछि गाउँपालिकाले कडा कदम उठाएको छ ।
राष्ट्रिय जनावर गौ हत्यामा संलग्न भएको पाइएमा त्यस्ता व्यक्तिलाई एक वर्षसम्म गाउँपालिकाबाट दिइने कुनै पनि सेवा सुविधा नदिने निर्णय गरिएको छ । आज बसेको नरैनापुर गाउँपालिकाको बैठकले गौ हत्यामा संलग्नको पहिचान गरी कडा भन्दा कडा कारवाही गर्ने निर्णय गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।
गौ हत्यामा संलग्न भएको प्रमाणित भएमा एक वर्षसम्म गाउँपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराइने उनको भनाइ छ ।
यस्तै गौहत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने व्यक्तिलाई १५ हजार रुपैयाँ उपलब्ध गराउने समेत निर्णय भएको उनले बताए ।
गाउँपालिकाले गौ हत्या नियन्त्रण गर्न सुरक्षाकर्मीहरूलाई अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण