प्रतिनिधिसभाको बैठक साँझ ६ बजे
काठमाडौँ । प्रतिनिधिसभाको बैठक साँझ ६ बजेका लागि तोकिएको छ । एमालेको अवरोधका कारण मध्यान्ह साढे १२ देखि स्थगित भएको बैठक साँझ ६ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।
२० मिनेटका लागि भनेर स्थगित गरिएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । प्रतिपक्षी दल एमाले र सत्तापक्षबीच कुरा नमिल्दा बैठकको समय पछि धकेलिएको हो ।
संसद सचिवालयको सूचनामा भनिएको छ, 'आज मिति २०८० साल जेठ १२ गते शुक्रबार सूचना प्रकाशित गरी दिनको ३:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक आजै बेलुका ६:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण