सत्तापक्षले संसद् चलाउन नचाहेको प्रतिपक्षको आरोप

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद् चलाउन नचाहेको बताएका छन् । शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद् बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताएका हुन् ।
सचेतक बर्तौलाले राज्यको सम्पत्ति कति छ भन्नेकुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पत्ति कहाँ कति छ भन्नेकुरा बताउन नसकेको बताए । आफूहरुले संसदमा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मबार नभएको उनको भनाई छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद विराजभक्त श्रेष्ठले संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्ने बताए । प्रमुख प्रतिपक्षको सांसदले नै भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्नु सुसंस्कृत अभ्यास भएको उनले बताए । एकअर्कालाई हिलो छ्यापेर फुत्किने भन्दापनि आधारसाथ बोल्नुपर्ने उनले बताए ।
त्यसैगरी रास्वपाका सांसद मनिष झाले एमालेले संसद् अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको टिप्पणी गरे । एमालेले शुक्रबार संसद् अवरुद्ध गर्नु आवश्यक नभएको उनले बताए । पशुपतिको जलहरी प्रकरणलाई राजनीतिक मुद्दा बनाउनु नहुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ? (पूर्णपाठसहित)
-
सेती नदीमा अज्ञात पुरूषको शव फेला
-
नेपालमा पहिलोपटक रोयल टुलिप होटल उद्घाटन, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार
-
श्रेष्ठको कृति 'प्राग् इतिहासः आदिम सभ्यता' सार्वजनिक
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप