समाचार
विराटनगरबाट काठमाडौँ उडेको जहाज भैरहवामा अवतरण
शुक्रबार, १२ जेठ २०८०, २१ : २८
भैरहवा । विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज भैरहवामा अवतरण हुन पुगेको छ ।
शुक्रबार विराटनगरबाट काठमाडौँ उडेको ७२ सिट क्षमताको उक्त जहाज भैरहवामा अवतरण भएको हो ।
काठमाडौ विमानस्थलमा अत्यधिक वर्षा र एयर ट्राफिकको कारण केहीबेर आकाशमै फन्को मारेर विमान भैरहवा पुगेको विमानस्थल स्रोतले जनाएको छ ।
विमान रिफ्युलिङको लागि भैरहवा पुर्याउनु परेको बताइएको छ । राती ८:०० बजे विराटनगरबाट उडेको विमान ९:२५ मा भैरहवामा अवतरण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण