सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्लेन चार्टर गरेर नेपालगन्जबाट पूर्वराजा ज्ञानेन्द्र शाह आज सुर्खेतमा आउँदै

शनिबार, १३ जेठ २०८०, ०६ : ३०
शनिबार, १३ जेठ २०८०

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाह आज सुर्खेत आउने भएका छन् । राजधानी वीरेन्द्रनगरको घण्टाघरमा आयोजित अभिनन्दन कार्यक्रममा सहभागी हुन शाह सुर्खेत आउन लागेका हुन् । 

उनी अहिले बाँकेको नेपालगन्जमा रहेका छन् । दिउँसो २ बजे उनी त्यहाँबाट प्लेन चार्टर गरेर वीरेन्द्रनगर आउने छन् । 

वीरेन्द्रनगर विमानस्थलमा झरिसकेपछि धमला चोक हुँदै कर्बड हलको पछाडि हुँदै कार्यक्रम स्थलमा सहभागी हुने छन् । राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको छ । 

अभिनन्दन कार्यक्रम पश्चात् उनी देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको पुरीले जानकारी दिए । पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप