गुजरात लगातार दोस्रो पटक आईपीएलको फाइनलमा
अहमदाबद । साविक विजेता गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । टोलीले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गरेको हो ।
यस जितका नायक शुभमन गिल (६० बलमा १२९ रन) र मोहित शर्मा (१० रनमा ५ विकेट) थिए । गिलले सिजनको तेस्रो शतक प्रहार गरे । उनी प्लेअफमा शतक बनाउने सबैभन्दा कान्छो ब्याट्सम्यान बने भने गुजरात लगातार दुई सिजन फाइनलमा पुग्ने तेस्रो आईपीएल टोली बनेको छ।
अहमदाबादको पीएम नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति भएको खेलमा मुम्बईले टस जितेर फिल्डिङ रोजेको हो । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २३३ रन बनाएको थियो । जवाफमा मुम्बई १८.२ ओभरमा १७१ रनमा अलआउट भयो।
गुजरातको टोलीले अब मे २८ मा त्यही मैदानमा एमएस धोनीको चेन्नईसँग फाइनल खेल खेल्नेछ, यदि पाण्ड्याले धोनीलाई हराउन सफल भए भने जीटी लगातार दोस्रो उपाधि जित्ने आईपीएल इतिहासमा तेस्रो टोली बन्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण