गौर राइस मिलको जग्गा अधिग्रहण गर्न १५ करोड रुपैयाँ दिने मुख्यमन्त्री यादवको प्रतिबद्धता
रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले गौर राईस मिलको जग्गा अधिग्रहण गर्न १५ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन् । मधेस प्रदेशको सभामुख हुँदा आफूले गरेको बाचा पूरा गर्न १५ करोड रुपैयाँ दिन प्रतिबद्ध रहेको मुख्यमन्त्री यादवले दोहोर्याए।
रौतहटको सदरमुकाम गौरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आफ्नै कार्यकालमा गौर राईस मिल सार्वजनिक स्थलको रूपमा विकास गरिसक्ने उनले स्पष्ट पारेका थिए । उनले मधेस सरकारको महत्त्वपूर्ण कार्यक्रम बेटी पढाऊ बेटी बचाउ धेरै राम्रो रहेको बताउँदै हाल अख्तियारमा मुद्दा चलिरहेको कारण रोकिएको बताए। उक्त मुद्दामा कुनै टुङ्गो लाग्दैन तब सम्म त्यसमा चाहेर पनि केही गर्न नसकिने उनले बताए ।
त्यस अघि प्रादेशिक अस्पताल गौरमा आइसियु, एनआईसीयूको उद्घाटन गर्दै उनले आवासको सुविधा सहित १०० बेडको क्षमता पुर्याउने प्रतिबद्धता जनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण