सरकारले निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउनुपर्छ : उपसभामुख राना
काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलाहरुलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छन् । शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताएकी हुन् । त्यस अवसरमा उनले महिला सांसदहरुका लागि संघीय संसद भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागिपर्ने समेत बताइन् ।
‘यो राष्ट्रिय प्रोग्राम नै हुनुपर्यो कि महिला दिदी बहिनीहरुलाई, छोरीहरुलाई सुरक्षित राख्नुपर्छ भन्ने प्रोग्राम हाम्रो नेशनल प्लानिभित्र, बजेटभित्र यो आउनुपर्यो । बजेटभित्र हरेक स्कुलमा स्यानिटरी प्याड, जसले इन्भारोमेन्टलाई असर गर्दैन । त्यस्तो प्याडहरुको व्यवस्था गर्नुपर्यो’ उपसभामुख रानाले भनिन्, ‘यो संसद भवनमा पनि सेनिटरी प्याडहरु राखिएको छैन । सुरुवात माथि नै छैन भने तलसम्म पुग्छ भन्ने हुँदै हुँदैन । म यसमा के भन्न चाहन्छु भने हाम्रा महिला माननीयज्यूहरुलाई सेनेटरी प्याडको लागि जोडदार ढंगले कुरा गर्ने र यसलाई राष्ट्रिय योजनाभित्र राखेर हरेक ठाउँमा यो सेनिटरी प्याडको व्यवस्था गर्नुपर्छ भनेर म भन्दा सिनियर सम्मानितज्युहरुसँग त्यो कुरा गर्ने भनाई राख्न चाहन्छु ।’
उनले सबै विद्यालयहरुमा सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले महिलाहरुलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गरिन् । आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटनामा कमी नआएकोेले त्यसका विरुद्ध महिलाहरुले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाई थियो ।
उपसभामुख रानाले महिलाहरुको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै एक्सपोज नेपालको प्रशंसा पनि गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण