श्रम विभाग कमजोर बन्यो, अहिले कता छ थाहा छैन : मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताएका छन् । काठमाडौंमा आयोजित श्रम, रोजगार पत्रकारिता पुरस्कार, २०७९ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले वैदेशिक श्रमसम्बन्धी सबै कामहरु पहिला श्रम विभागले गर्ने भएपनि अहिले विभाग कमजोर हुँदा मन्त्रालयमा भार परेको बताए ।
मन्त्री भण्डारीले श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको बताए । उनले मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरामा नेपालले जोड दिइरहेको बताए । श्रमको क्षेत्रलाई सुव्यवस्थित रुपमा सुरक्षित र भरपर्दो बनाउनसके सबै श्रमीकहरुको लागि राम्रो हुने उनले बताए । श्रमको ग्लोवलाइजेशनको फाइदा लिनसके देशलाई नयाँ सिराबाट अघि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गरे । उनले मन्त्रालयले अहिले सोही विषयमा छलफल गरिरहेको भन्दै १० दिनभित्र ऐन परिमार्जनको ड्राफ्ट बनाउने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर