प्रचण्डलाई पार्टीकै नेता–कार्यकर्ताको घेराबन्दीमा पारौं : उपाध्यक्ष महरा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्वीकार्य नहुने दाबी गरेका छन् । प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा र २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘पार्टी केहि बिग्रिएको छ । यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । केहि मात्रामा बिग्रिनुको प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । यो पार्टीमा गुटबन्दीलाई मान्यता दिइँदैन । नेतृत्व सक्षम भएर मात्रै अगाडि बढ्न सकिन्छ ।
उनले पार्टीलाई राम्रो बनाउनका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीकै नेता कार्यकर्ताले घेराबन्दी गर्नुपर्ने बताए । उनले भने, ‘घेराबन्दीको बीचमा अगाडि बढ्नका लागि दृढ संकल्प गर्नुपर्छ । कमरेड प्रचण्डको वरिपरि घेराबन्दी पार्टीका नेता कार्यकर्ताले नै गरौं ।’
उपाध्यक्ष महराले माओवादी नेतृत्वको सरकारका विरुद्ध वैदेशिक शक्ति पनि घेराबन्दीमा लागेको बताएका छन् । उनले वैदेशिकसहित आन्तरिक रुपमा पनि भइरहेको घेराबन्दी तोड्नका लागि सबै एक भएर लाग्न प्रेस सेन्टर नेपाललाई आग्रह गरे । सहकर्मी कृष्णसेन इच्छुक र प्रेस संयोजक त्रिभुवन पौडेल गुमाउँदै धेरै चिज गुमाएको महशुस भइरहेको पनि उपाध्यक्ष महराले स्मरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण