भारततर्फ बिजुली निर्यात सुरु, ६०० मेगावाट आवर निर्यात

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारततर्फ बिजुली बेच्न सुरु गरेको छ । वर्षायाम सुरु भएर नदीको वहाब बढ्न थालेसँगै आन्तरिक उत्पादन बढेपछि बढी भएको बिजुली भारततर्फ बेच्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले शुक्रबारदेखि भारततर्फ बिजुली बेच्न थालिएको बताए । उनले शुक्रबार भारतलाई ६०० मेगावाट आवर बिजुली बेचेको र आज भने निर्यात नभएको बताए ।
केही समयअघिसम्म नेपालले भारतबाट दैनिक ४०० मेगावाटभन्दा बढी क्षमतामा बिजुली किन्दै आइरहेको थियो । तर, अचानक वर्षायाम सुरु हुँदा नदीको वहाब बढिरहेको छ । यससँगै, ‘रन अफ दी रिभर’ आधारित आयोजनाबाट बिजुली उत्पादन बढेको छ । गर्मी याममा पानी नपर्दा र अत्याधिक गर्मी हुँदा बिजुलीको माग समेत बढ्ने गर्छ । तर, वैशाखदेखि नै निरन्तर भइरहेको वर्षातका कारण गर्मी समेत घटेको छ । फलस्वरुपः उत्पादित बिजुलीले आन्तरिक माग धानेर निर्यात नै सुरु भएको हो । यद्यपि, वर्षात रोकिएमा पुनः आयात गर्नुपर्ने हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
कांग्रेस लुम्बिनी प्रदेश सभापतिद्वारा बजेटको विरोध, अनधिकृत स्थलमा बजेट बनाएको आरोप
-
सात हलमा ‘अञ्जिला’ले मनायो सय दिन
-
प्रधानमन्त्री ओलीले सम्झिए दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दाका क्षण
-
ग्वार्को ओभरपास : अल्पकालीन राहत तर दीर्घकालीन समाधानका लागि सोचौँ