एसियाली खेलकुदको तयारी बारे छलफल
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीका सम्बन्ध विभिन्न खेलका मुख्य प्रशिक्षकसँग शनिबार छलफल गरेका छन् । चीनको होङझावमा हुने असोज ६ गतेदेखि सुरु हुने १९ औँ एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने खेलका मुख्य प्रशिक्षकहरूसँग छलफल गरेका हुन् ।
सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पालगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा खेलाडीको छनोट र तालिम, खेलाडीको स्तरीय प्रशिक्षणका लागि आगामी योजना, खेलाडीले तालिम गर्ने स्थलको अवस्था, खेल सामाग्रीलगायतका विषयमा छलफल भएको थियो ।
सदस्य–सचिव घिसिङले खेलाडीको प्रशिक्षणमा विशेष ध्यान दिएर नेपालको सहभागीलाई उपलब्धिमूलक बनाउन प्रतिबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण