अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’मा अदिति
काठमाडौँ । अभिनेत्री अदिति बुढाथोकी दोस्रो फिल्म ‘बाबरी’पछि अहिले भारतमै रहेकी छन् । उनी अहिले म्युजिक भिडियोसँगै वेब सिरिजहरूमा व्यस्त छिन् ।
यस्तैमा म्युजिक वेब सिरिज सिजन १ मा अदिति मुख्य अभिनेत्रीको रुपमा काम गरिरहेकी छिन् । नितिन गावडेले निर्देशन गर्ने ‘म्युजिक वेब सिरिज’मा अदितिले सिजन १ देखी सिजन ३ सम्म काम गर्ने भएकी छिन् । अमेजन प्राइमबाट रिलिज हुने वेब सिरिजको सिनेमाटोग्राफर विनोद प्रधान रहेका छन् । अदिति अहिले यही वेब सिरिजको सुटिङमा काम गरिरहेकी छिन् ।
यता नेपालमा भने अदितिको होम प्रोडक्सन बाबरी प्रोडक्सनबाट नयाँ फिल्मको निर्माणको तयारी पनि तीव्र रूपमा भइरहेको छ । ‘बाबरी’ रिलिज नहुँदै निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ अनटाइटल्ड चलचित्रको घोषणा गरेकी थिइन् । सो चलचित्रमा मुख्य कलाकारको रूपमा ‘बाबरी’कै कलाकारहरू धिरज र अदिति फाइनल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण