मेस्सीले तोडे रोनाल्डोको रेकर्ड
आइतबार, १४ जेठ २०८०, ०९ : ४३
पेरिस । लियोनेल मेस्सीले फेरि एक पटक कीर्तिमानी गोल गर्न सफल भएका छन् । शनिबार स्ट्रासबर्गविरुद्ध गोल गर्दै पेरिस सेन्ट जर्मेनका स्टार खेलाडीले क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोड्न सफल भएका हुन् ।
खेलको ५९ औँ मिनेटमा किलियान एम्बाप्पेको पासमा मेस्सीले गोल थिए । यो युरोपका शीर्ष ५ लिगमा उनको ४ सय ९६ औँ गोल थियो । योसँगै उनले रोनाल्डोको ४ सय ९५ को रेकर्डलाई पछि पारे ।
खेलमा पीएसजी १–१ को बराबरीमा रोकिएको थियो । बराबरीमा बाबजुद टोलीले रेकर्ड ११ औँ पटक लिग वानको उपाधि पनि उचालेको छ ।
यो सिजन लिगमा मेस्सीले १६ गोल गर्नुका साथै १६ वटा गोलको सिर्जना गरेका छन् । पीएसजीका लागि उनको कूल ३२ औँ गोल थियो । उनले यो सिजनको अन्त्यमा क्लब छाड्ने चर्चा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण