आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अब कसैले चाहेर राजतन्त्र फर्किँदैनः मन्त्री  श्रेष्ठ

आइतबार, १४ जेठ २०८०, १० : ५३
आइतबार, १४ जेठ २०८०

हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले अब कसैले चाहँदैमा राजतन्त्र नफर्किने बताएका छन् । १६ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार प्रदेश स्वास्थ्य मन्त्रालयले हेटौँडाको बुद्ध चोकमा आयोजना गरेको रक्तदान  कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

 प्रतिगामी शक्तिहरूले ‘गणतन्त्र कि राजतन्त्र’ भन्नेजस्ता हास्यास्पद कुरा गर्दै हिँडिरहेको भए पनि यसको अर्थ नभएको उनको जिकिर थियो । राजावादीहरूको यस्तो तर्क मान्छेलाई स्वर्ग जान्छस् कि नर्क भनेर सोध्नुजस्तै भएको उनले कटाक्ष गरे । 

उनले भने, ‘नेपालमा राजतन्त्र इतिहास बनिसक्यो, अब कसैले चाहेर राजतन्त्र फर्किँदैन । त्यसैले नेपाली इतिहासकै सबैभन्दा महान् उपलब्धि गणतन्त्रलाई थप सुदृढ गर्न सबै एकताबद्ध हुनुपर्छ ।’ कार्यक्रममा मन्त्री श्रेष्ठलगायत जम्मा ३२ जनाले रक्तदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप