अब कसैले चाहेर राजतन्त्र फर्किँदैनः मन्त्री श्रेष्ठ
हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले अब कसैले चाहँदैमा राजतन्त्र नफर्किने बताएका छन् । १६ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार प्रदेश स्वास्थ्य मन्त्रालयले हेटौँडाको बुद्ध चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रतिगामी शक्तिहरूले ‘गणतन्त्र कि राजतन्त्र’ भन्नेजस्ता हास्यास्पद कुरा गर्दै हिँडिरहेको भए पनि यसको अर्थ नभएको उनको जिकिर थियो । राजावादीहरूको यस्तो तर्क मान्छेलाई स्वर्ग जान्छस् कि नर्क भनेर सोध्नुजस्तै भएको उनले कटाक्ष गरे ।
उनले भने, ‘नेपालमा राजतन्त्र इतिहास बनिसक्यो, अब कसैले चाहेर राजतन्त्र फर्किँदैन । त्यसैले नेपाली इतिहासकै सबैभन्दा महान् उपलब्धि गणतन्त्रलाई थप सुदृढ गर्न सबै एकताबद्ध हुनुपर्छ ।’ कार्यक्रममा मन्त्री श्रेष्ठलगायत जम्मा ३२ जनाले रक्तदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण