शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
फाइनल प्रिभ्यू

आईपीएल फाइनल : धोनीले गर्लान् सुखद अन्त्य ?

गुजरातमाथि उपाधि रक्षाको दबाब
आइतबार, १४ जेठ २०८०, ११ : ००
आइतबार, १४ जेठ २०८०

अहमदाबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनको फाइनल आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेलिदैछ । खेल साँझ ७ः४५ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । लिग इतिहासमा पहिलो पटक दुवै टोली फाइनलमा भिड्दैछन् । गुजरातको यो दोस्रो सिजन मात्र हो, गत वर्ष टोली च्याम्पियन बनेको थियो भने चेन्नई समूह चरणबाटै बाहिरिएको थियो ।

नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदान हो। यस खेलमा गुजरातले अहिलेसम्म नौ खेल खेलेको छ जसमा उसले छ जित र तीन खेलमा हार बेहोरेको छ । अर्कोतर्फ चेन्नईले यस मैदानमा अहिलेसम्म तीन खेल खेलेको छ र तीनवटै हार बेहोरेको छ । नरेन्द्र मोदी स्टेडियम पहिले सरदार पटेल स्टेडियम, मोटेरा भनेर चिनिन्थ्यो।

Narendra-new

गुजरातमाथि उपाधि रक्षाको दबाब

गत आईपीएल सिजनमा लखनऊ र गुजरातबाट दुई नयाँ टोली थपिएका थिए। दुवै प्लेअफमा पुगेपनि गुजरातले उपाधि जितेर सबैलाई चकित बनाएको थियो । यसपटक पनि करिब सोही खेलाडीसहित टोली प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात उपाधि रक्षा गर्न दबाबमा रहनेछ । टोलीले यो सिजन हालसम्म कुल १६ खेल खेलेको छ (लिग चरण र प्लेअफ), जसमा उसले ११ खेलमा जित र पाँच खेलमा हार बेहोरेको छ।

shuvman

डेभिड मिलर, राशिद खान, नूर अहमद र जोशुआ लिटल चेन्नईविरुद्ध उत्रने टोलीका ४ सम्भावित विदेशी खेलाडी हुन सक्छन् । यीबाहेक मोहम्मद शामी, शुभमन गिल र हार्दिक पाण्ड्याजस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

चेन्नईका लागि धोनीको सबैभन्दा ठूलो चुनौती तीन शतक र ८५१ रन बनाएका गिलको ब्याटबाट रन रोक्नु हुनेछ। मोहम्मद शामी (२८ विकेट), राशिद खान (२७ विकेट) र मोहित शर्मा (२४ विकेट) ले राम्रो प्रदर्शनमा गरेका छन्। योसँगै गिलबाहेक पाण्ड्याले ब्याटिङमा ३२५ रन बनाएका छन् ।

चेन्नई ४ पटक च्याम्पियन

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स प्रतियोगिताको सबैभन्दा सफल टोली मध्ये एक हो। टोलीले प्रतियोगितामा मुम्बई (पाँच उपाधि) पछि सबैभन्दा बढी चार उपाधि जितेको छ। टोली १४ सिजन मध्ये १२ मा प्लेअफमा पुगेको छ र १० औँ पटक फाइनल खेल्दै छ।

e45254da-0e9a-40b9-8935-354be397e715

चेन्नईले यो सिजन हालसम्म खेलेका १५ खेल (लिग चरण र प्लेअफ) मध्ये ९ मा जित र पाँचमा हार बेहोरेको छ। र एक खेल वर्षाका कारण रद्द भएको थियो । टोलीका ४ विदेशी खेलाडी डेभोन कोनवे, मोइन अली, महिश टिक्षाना र मथिश पाथिराना छन् ।

यस सिजन चेन्नईका लागि कोनवेले १३ खेलमा ६२५ रन, ऋतुराज गायकवाडले ५६४ रन र अजिंक्य रहाणेले २९९ रन बनाएका छन् भने शिवम दुबेले ३८६ रन बनाएका छन् । यस आईपीएलमा दुबेले ३३ छक्का प्रहार गरेका छन् । बलिङमा पाथिरानाले १७ र देशपाण्डेले २१ विकेट लिएका छन् ।

gt

चेन्नईमाथि गुजरात भारी

हेड टु हेडको कुरा गर्ने हो भने दुई टोलीबीच हालसम्म जम्मा चार खेल भएका छन् जसमा गुजरातले तीन पटक र चेन्नईले एक पटक जित हात पारेको छ ।

पिच रिपोर्ट

नरेन्द्र मोदी स्टेडियमको पिचले ब्याट्सम्यानलाई धेरै सहयोग गर्छ। चेन्नईको एमए चिदम्बरम स्टेडियमबाट बिल्कुल उल्टो वातावरण हुनेछ। फास्ट बलरहरूको लागि गति र बाउन्स हुनेछ भने आउटफिल्ड पनि छिटो हुनेछ। यो पिचमा स्पिन बलरलाई निकै समस्या छ । साँझमा शीतले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।

यो सिजन नरेन्द्र मोदी मैदानमा कूल आठ खेल खेलिएका छन्, जसमा गुजरातले पाँच जित र तीन हार बेहोरेको छ। यहाँ पहिले ब्याटिङ गर्ने टोलीले पाँच पटक जितेको छ भने पछ्याउने टोलीले तीन पटक जितेको छ । यस मैदानमा गुजरात र चेन्नईबीच एउटा मात्र खेल भएको छ, जसमा गुजरात विजयी भएको छ ।

5cd49266-d531-411b-999a-0c0d0199d949

मौसम अवस्था

आइतबार अहमदाबादमा बादल लाग्नेछ भने दिउँसोदेखि हावा चल्न थाल्ने छ। वर्षाको सम्भावना २ प्रतिशत रहेको छ। तापक्रम ३९ देखि २७ डिग्री सेल्सियसको बीचमा रहनेछ।

टोलीको सम्भावित प्लेइङ-११

गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, ऋद्धिमान साहा (विकेटकिपर), डेभिड मिलर, राहुल तेवाटिया, विजय शंकर, राशिद खान, नूर अहमद, मोहम्मद शमी, मोहित शर्मा र जोशुआ लिटल।

इम्प्याक्ट प्लेयर : साई सुदर्शन, श्रीकर भरत, ओडियन स्मिथ, आर साई किशोर र शिवम मावी।

चेन्नई सुपर किंग्स: महेन्द्र सिंह धोनी (कप्तान), डेभोन कोनवे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, शिवम दुबे, मोइन अली, रविन्द्र जडेजा, दीपक चाहर, महिश टेकशाना, मथिश पाथिराना र तुषार देशपांडे।

इम्प्याक्ट प्लेयर : अम्बाती रायडु, मिचेल सान्टनर, एस सेनापति, शेख राशिद र आकाश सिंह।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप