सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीसँग भारत जाने प्रतिनिधिमण्डलको टुङ्गो भोलि, सकेसम्म सानो टिम बन्ने

आइतबार, १४ जेठ २०८०, १२ : ०३
आइतबार, १४ जेठ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँग भारत भ्रमणमा जाने प्रतिनिधि मण्डल र एजेन्डाबारे सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाउने भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले दुवै विषयमा भोलि बस्ने मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाउने जानकारी दिइन् । 

‘प्रतिनिधिमण्डलमा को को जाने भन्ने ठ्याक्कै टुङ्गो लागेको छैन । तर सम्झौता हुने विषयसँग सम्बन्धित अधिकारी मात्र जाने भन्ने भएको छ । त्यसकारण यति नै जना भन्ने छैन सकेसम्म सानो टिम बनाउने भन्ने छलफल भएको छ’, मन्त्री शर्माको भनाइ छ । त्यस्तै उनले प्रमका भारत भ्रमणका एजेन्डाको पनि अन्तिम टुङ्गो भोलिको मन्त्रिपरिषद् बैठकले गर्ने जानकारी दिइन् । उनले ऊर्जा, सीमा,सरसफाइलगायतका विषय एजेन्डाका रूपमा रहने तयारी भइरहेको बताइन् । साथै एजेन्डाका बारेमा मन्त्रालयहरूले तयारी गरिरहे पनि अन्तिम टुङ्गो लागि नसकेको मन्त्री शर्माको भनाइ छ । ‘जानैपर्ने आवश्यक बाहेक अरू जाने कुरा हुँदैन, सकेसम्म सानो टिम बनाउने भन्ने छ’, मन्त्री शर्माको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ गते चार दिने भारत भ्रमणमा जाँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप