काेशी प्रदेश
सरकारले पहिचानको आन्दोलनलाई दमन गर्यो : राजेन्द्रकुमार राई
आइतबार, १४ जेठ २०८०, १२ : ५६
विराटनगर । नेकपा एकिकृत समाजवादी कोशी संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहिचानको आन्दोलनलाई दमन गरेको आरोप लागएका छन। प्रदेशसभाको बैठक बस्नु अगाडि विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै रार्इले सरकारले आज दमन गरे पनि जहिल्यै दमन गर्न नसक्ने बताए ।
यस विषयमा सरकारले र कोशीका पक्षमा सहमति जनाउने दलहरूले सोच्नुपर्ने उनले बताए ।
‘माओवादीले थप छलफल गरेको भनेको सुनेको छु’ पूर्व मुख्यमन्त्री समेत रहेका राईले भने, ‘कांग्रेसले पनि सोच्छ होला अब ।’ आन्दोलनरत पक्षलाई सरकारले धरपकड गरेर गलत काम गरेको उनले बताए । उनले भने, ‘राणकालमा पनि यस्तो हुँदैनथियो, मुख्यमन्त्री आफैं आन्दोलनरत पक्षलाई चिड्याउन भाषण गरिरहनुभएको छ । यसबाट सरकारले दमन गरेको नै पुष्टि हुन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण