भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद
आइतबार, १४ जेठ २०८०, १३ : ४३
जलेश्वर । महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ । जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ स्थित दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २२ कार्टुन मदिरा र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
भारतको विहार राज्यमा मदिरा प्रतिबन्धित रहेको अवस्थामा गएराति बीआर ३२ बी ८९२७ नम्बरको मोटरसाइकलमा मदिरा नेपालबाट भारततर्फ लैजाँदै गर्दा दशगजा क्षेत्रमा गस्तीका लागि गएको प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल र मदिरा छाडेर भागेका थिए । प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको मदिरा र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण