न्यायाधीशसमक्ष लक्ष्मी महर्जनको बयान सुरु, इन्द्रजितको अझै भएन
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी लक्ष्मी महर्जनको बयान सुरु भएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुछिएकी महर्जनको आइतबार न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा बयान सुरु भएको हो ।
आज मुख्य अभियुक्तमध्येका एक इन्द्रजित राईसहित तीन जनाको बयान हुने भनिएपनि राईले स्वास्थ्य ठीक नभएको भन्दै बयान दिन आनाकानी गरेपछि लक्ष्मीको बयान लिन थालिएको हो ।
लक्ष्मीको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेसँगै उनी पक्राउ परेकी हुन् । लक्ष्मी नेपाल प्रहरी अस्पतालमा नर्सको रुपमा कार्यरत रहेको बताइएको छ ।
यसैबीच बयान दिन आनाकानी गरेका राईको आज बयान हुने नहुने निश्चित भएको छैन । यसअघि उनले टि ब्रेक पछि बयान दिने बताएपनि अझै बयान हुन नसकेको हो ।
तर, अदालतमा लक्ष्मीबाहेक राईसहित सन्दीप रायमाझी र टंक कुमार गुरुङको भने बयान भइरहेको छ ।
यसअघि शुक्रबार सागर राई र केशव प्रसाद दुलालको लिइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।
जसअनुसार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् ।
गत बुधबार उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो ।
कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण