बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारी वकिलको कार्यालयमै थुनुवाद्वारा आत्महत्याको प्रयास

आइतबार, १४ जेठ २०८०, १५ : ४३
आइतबार, १४ जेठ २०८०

विराटनगर । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका एक जना थुनुवाले मोरङ जिल्ला सरकारी वकिलको कार्यालय परिसरमै आत्महत्याको प्रयास गरेका छन् । 

उर्लाबारी घर भएका ३० वर्षीय केशव नेपालीले सरकारी वकिलको कार्यालयको शौचालयमा हतकडीले नै दिउँसो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका हुन् । 

गम्भीर घाइते भएका नेपाली कोशी अस्पताल लगिएको छ । कोशीमा उपचार सम्भावना नभएपछि उनलाई थप उपचारको लागि नोबेल हस्पिटल लगिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनलाई म्याद थप गर्न मोरङ अदालत ल्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप