१ खर्ब ३७ अर्ब वैदेशिक सहायता प्रतिवद्धता तर १६ प्रतिशत मात्र प्राप्त

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले वैदेशिक सहायता प्रतिवद्धता बापत १६.८६ प्रतिशत मात्र प्राप्त गरेको छ । आर्थिक वर्ष २०७९–८० को फागुनसम्म अनुदान रू. २३ अर्ब १२ करोड र ऋण बापत रू. १ खर्ब १४ अर्ब गरी कुल रु.१ खर्ब ३७ अर्ब १२ करोड वैदेशिक सहयोग प्रतिवद्धता रहेको छ । तर यस अवधिको वैदेशिक सहयोग प्रतिवद्धता मध्ये अनुदान र ऋणको अनुपात क्रमशः १६.८६ प्रतिशत र ८३.१४ प्रतिशत मात्र रहेको सरकारले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा अनुदान रू. ९ अर्ब ४६ करोड र ऋण रू. १ खर्ब १६ अर्ब ६१ करोड गरी कुल रु. १ खर्ब २६ अर्ब ७ करोड वैदेशिक सहयोग प्रतिवद्धता रहेको थियो । आर्थिक वर्ष २०७८–७९ मा अन्तर्राष्ट्रिय विकास सहायता प्रतिवद्धता रू. २ खर्ब ३७ अर्ब ९२ करोड रहेको थियो । जसमध्ये अनुदान तर्फ रू.९३ अर्ब ३१ करोड र ऋणतर्फ रू.१ खर्ब ४४ अर्ब ६१ करोडको प्रतिवद्धता प्राप्त भएको थियो । कुल प्रतिवद्धतामध्ये अनुदान र ऋणको अनुपात क्रमशः ३९.२ प्रतिशत र ६०.८ प्रतिशत रहेको सरकारले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन