१ खर्ब ३७ अर्ब वैदेशिक सहायता प्रतिवद्धता तर १६ प्रतिशत मात्र प्राप्त
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले वैदेशिक सहायता प्रतिवद्धता बापत १६.८६ प्रतिशत मात्र प्राप्त गरेको छ । आर्थिक वर्ष २०७९–८० को फागुनसम्म अनुदान रू. २३ अर्ब १२ करोड र ऋण बापत रू. १ खर्ब १४ अर्ब गरी कुल रु.१ खर्ब ३७ अर्ब १२ करोड वैदेशिक सहयोग प्रतिवद्धता रहेको छ । तर यस अवधिको वैदेशिक सहयोग प्रतिवद्धता मध्ये अनुदान र ऋणको अनुपात क्रमशः १६.८६ प्रतिशत र ८३.१४ प्रतिशत मात्र रहेको सरकारले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा अनुदान रू. ९ अर्ब ४६ करोड र ऋण रू. १ खर्ब १६ अर्ब ६१ करोड गरी कुल रु. १ खर्ब २६ अर्ब ७ करोड वैदेशिक सहयोग प्रतिवद्धता रहेको थियो । आर्थिक वर्ष २०७८–७९ मा अन्तर्राष्ट्रिय विकास सहायता प्रतिवद्धता रू. २ खर्ब ३७ अर्ब ९२ करोड रहेको थियो । जसमध्ये अनुदान तर्फ रू.९३ अर्ब ३१ करोड र ऋणतर्फ रू.१ खर्ब ४४ अर्ब ६१ करोडको प्रतिवद्धता प्राप्त भएको थियो । कुल प्रतिवद्धतामध्ये अनुदान र ऋणको अनुपात क्रमशः ३९.२ प्रतिशत र ६०.८ प्रतिशत रहेको सरकारले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण