राष्ट्रहितका बारेमा सकारात्मक सुझाव आएका छन् : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्री र पूर्व राजदूतहरूले आफ्नो भारत भ्रमणका क्रममा राष्ट्र हितका बारेमा सकारात्मक सुझाव दिएको बताएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्व प्रधानमन्त्री लगायत सरोकारवालासँगको छलफलपछि प्रधानमन्त्रीले सुझाव लिने क्रम जारी रहेको भन्दै अहिलेसम्म आएका सुझावहरू सकारात्मक रहेको जानकारी दिएका हुन् ।
‘भारत भ्रमणका बारेमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री सबै दलका नेताहरू र विज्ञहरूको सुझाव लिने क्रम चलिरहेको छ’, प्रधानमन्त्रीले भने, ‘पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुको टिप्पणी सुनेँ । अरू सुझाव आउँदै छ ।’ प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म आएका सुझाव सकारात्मक रहेको भन्दै राष्ट्रको हितमा के गर्नुपर्छ भनेर सुझावहरू आएको बताए । उनले भारत भ्रमणका क्रममा हुने सम्झौता राष्ट्रिय सहमति मै हुने दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण