बुवाले काटिदिए छोराको नाक
आइतबार, १४ जेठ २०८०, १८ : २७
बुटवल । गुल्मीमा घरायसी विवाद हुँदा बुवाले छोराको नाक काटिदिएका छन् । इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हँसियाले काटिदिएको प्रहरीले जनाएको हो ।
बाबुले हँसिया प्रहार गर्दा छोराको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले बताएका छन् । घाइतेलाई जिल्ला अस्पतालमा गुल्मीले प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरेको छ ।
आक्रमण गर्ने बुवालाई इस्मा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण