गणतन्त्र पछिका १५ वर्ष : चारवटा राष्ट्रिय गौरवका आयोजनाको निर्माण सम्पन्न
काठमाडौँ । राष्ट्रिय योजना आयोगले गणतन्त्र आएपछि निर्माण सम्पन्न भएका राष्ट्रिय गौरवका आयोजनाको सूची सार्वजनिक गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर आयोगले २०६४ सालयता हालसम्म सम्पन्न भएका गौरवका आयोजनाको सूची सार्वजनिक गरेको हो ।
यो सूचीमा दोलखामा निर्माण सम्पन्न भएर बिजुली उत्पादन गरिरहेको माथिल्लो तामाकोसी आयोजनाको सूची पहिलो नम्बरमा छ । ४५६ मेगावाट क्षमताको यो आयोजना २०७९ सालमा निर्माण सम्पन्न भएको थियो । ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिए पनि ब्याजसहित करिब ८० अर्ब रुपैयाँ लागतमा यो आयोजनाको निर्माण सम्पन्न भएको हो । यसपछि, करिब २५ वर्षअघि योजना बनेको मेलम्ची खानेपानी आयोजनाको समेत निर्माण सम्पन्न भएको आयोगले जनाएको छ । गत वर्ष २०७९ सालको असार पहिलो साता आएका बाढीबाट क्षति पुगेपछि भने यो आयोजनाको निर्माण पूर्ण रुपमा सम्पन्न भएको छैन ।
अकास्मत आएको बाढीका कारणले आयोजनाको हेड बक्समा पूर्ण रुपले क्षति पुगेपछि वर्षा याममा भने आयोजना बन्द रहन्छ । यद्यपि, हिउँद याममा आयोजनाले काठमाडौँको खानेपानी समस्यालाई आंशिक रुपमा समाधान गर्दै आइरहेको छ ।
यसैगरी, क्षेत्रीय विमानस्थलहरू गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत गणतन्त्र आएपछि बनेका आयोजना हुन् । २२ अर्ब रुपैयाँको लागतमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३२ अर्ब हाराहारी छ । यी दुई विमानस्थलको निर्माण सम्पन्न भए पनि अन्तर्राष्ट्रिय उडान भने भइरहेको छैन । भारतले हवाई स्पेस नदिँदा र नेपाल सरकारले ध्यान नपुर्याउँदा आयोजनामा अन्तर्राष्ट्रिय उडान भइरहेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण