आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

३४ हजार किलोमिटर सडक सञ्जाल र १४ सय पक्की पुल निर्माण

सोमबार, १५ जेठ २०८०, १५ : २१
सोमबार, १५ जेठ २०८०

काठमाडौं । १५औँ पञ्चवर्षीय आयोजनाको अन्तसम्ममा मुलुकमा ३४ हजार किलोमिटर सडक सञ्जाल विस्तार भएको छ भने एक हजार ४ सय भन्दा बढी पक्की पुल निर्माण भएका छन् । 

राष्ट्रिय योजना आयोगले गरेको १५ औँ पञ्चवर्षीय योजनाको समीक्षा गर्दै आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल १६,३६० कि.मी. सडक थप निर्माण भई १७,४८० कि.मी. कालोपत्रे, ७,९५६ कि.मी. खण्डास्मित र ८,६६४ कि.मी. कच्ची गरी कुल ३४,१०० कि.मी. सडक चालु रहेको जनाएको हो ।

यसै अवधिमा कर्णाली नदी कोठियाघाट, बर्दियाको १ कि.मी. भन्दा लामो पुल समेत गरी १,४०० वटा भन्दा बढी विभिन्न पक्की पुलहरु समेत निर्माण सम्पन्न भएको आयोगको भनाइ छ ।

road-2080

काठमाडौँ उपत्यकाका ११२ कि.मी. भन्दा बढ़ी साँघुरा सडकहरुलाई २ देखि ८ लेनसम्ममा विस्तार भएको छ भने हाल ७६ जिल्ला सदरमुकामसम्म सडक सञ्जालको पहुँच पुगेको आयोगले जनाएको छ ।

साथै यही १५औँ पञ्चवर्षीय योजनाको अन्तसम्ममा भारतको जयनगर–जनकपुर–बिजलपुरा रेललाई ब्रोडगेज स्तरमा स्तरोन्नति सम्पन्न गरी रेल सञ्चालन समेत गरिएको आयोगले जनाएको छ । पूर्व–पश्चिम विद्युतीय रेल निर्माणको प्रारम्भ गरी बर्दिबासदेखि निजगढसम्मको ७० कि.मी. खण्डमा ट्रयाक बेड निर्माण सम्पन्न समेत सम्पन्न भएको आयोगको रिपोर्ट छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप