३४ हजार किलोमिटर सडक सञ्जाल र १४ सय पक्की पुल निर्माण
काठमाडौं । १५औँ पञ्चवर्षीय आयोजनाको अन्तसम्ममा मुलुकमा ३४ हजार किलोमिटर सडक सञ्जाल विस्तार भएको छ भने एक हजार ४ सय भन्दा बढी पक्की पुल निर्माण भएका छन् ।
राष्ट्रिय योजना आयोगले गरेको १५ औँ पञ्चवर्षीय योजनाको समीक्षा गर्दै आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल १६,३६० कि.मी. सडक थप निर्माण भई १७,४८० कि.मी. कालोपत्रे, ७,९५६ कि.मी. खण्डास्मित र ८,६६४ कि.मी. कच्ची गरी कुल ३४,१०० कि.मी. सडक चालु रहेको जनाएको हो ।
यसै अवधिमा कर्णाली नदी कोठियाघाट, बर्दियाको १ कि.मी. भन्दा लामो पुल समेत गरी १,४०० वटा भन्दा बढी विभिन्न पक्की पुलहरु समेत निर्माण सम्पन्न भएको आयोगको भनाइ छ ।

काठमाडौँ उपत्यकाका ११२ कि.मी. भन्दा बढ़ी साँघुरा सडकहरुलाई २ देखि ८ लेनसम्ममा विस्तार भएको छ भने हाल ७६ जिल्ला सदरमुकामसम्म सडक सञ्जालको पहुँच पुगेको आयोगले जनाएको छ ।
साथै यही १५औँ पञ्चवर्षीय योजनाको अन्तसम्ममा भारतको जयनगर–जनकपुर–बिजलपुरा रेललाई ब्रोडगेज स्तरमा स्तरोन्नति सम्पन्न गरी रेल सञ्चालन समेत गरिएको आयोगले जनाएको छ । पूर्व–पश्चिम विद्युतीय रेल निर्माणको प्रारम्भ गरी बर्दिबासदेखि निजगढसम्मको ७० कि.मी. खण्डमा ट्रयाक बेड निर्माण सम्पन्न समेत सम्पन्न भएको आयोगको रिपोर्ट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण