चुरे दोहन गर्ने र देश डुबाउने बजेट : प्रेम सुवाल
सोमबार, १५ जेठ २०८०, १९ : ३४

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले चुरे दोहन गर्ने र देशै डुबाउने बजेट आएको प्रतिक्रिया दिएका छन् । उनले बजेटको विरोध गर्दै भने, ‘यो बजेट चुरे दोहन गर्ने, महाभारत पनि बगाउने, देशै डुबाउने , प्रधानमन्त्री भारत भ्मणमा जाँदै हुनुहुन्छ । बजेटमा चुरेको गिटी ढुंगा दोहन गर्ने भनेर लेखिएको छ ।’
उनले जोत्नेलाई जमिन नआएको तथा मलमा ३० अर्ब कमिशनका लागि छुट्ट्याएको बताए । उनले सूचना प्रविधिमा सूचना प्रविधिमा विदेशी पूँजी ल्याउने भनेको विदेशी सेना समेत ल्याउनेगरी बजेट आएको बताए ।
उनले युवालाई रोजगारी दिने भनेपनि सार्वजनिक संस्थान चलाउने योजना नआएको भन्दै गाँजाबारे सचेत नभएको बताए । उनले शिक्षामा १२ कक्षा निःशुल्क गर्न भनेर नआएको र गोलमोटल बजेट छुट्ट्याएको आरोप सुवालको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
-
निगुरो बेचेर घर खर्चको जोहो गर्दै कुमाल समुदाय
-
झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य
-
‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’
-
निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु
-
अयोध्या–धामको नाममा जग्गा नहुँदा समस्या