आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रका लागि सकारात्मक बजेट आयो : अध्यक्ष ढकाल

सोमबार, १५ जेठ २०८०, १९ : ४०
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक वर्ष २०८०–८१ को बजेट निजी क्षेत्रका लागि सकारात्मक आएको बताएका छन् । सोमबार संघीय संसदमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गरेपछि अध्यक्ष ढकालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘उद्योग सम्बन्धी जग्गाको हदबन्दी, जग्गाको भोगाधिकार लगायतका कुरा बजेटमा समेटिए जसरी कार्यान्वयन भए सकारात्मक देखिएको छ ,’ उनले भने ।

बजेट भाषणमा राम्रो आउने गरेको भएपनि कार्यान्वयन नहुने हाम्रो परम्परागत समस्या रहेको ढकालको भनाइ छ । ‘बजेटबाट आर्थिक ऐनमा आएपछि मात्र समग्रमा भन्न सकिन्छ । निजी क्षेत्रले उठाएका मुद्दा समेटिएको छ । यसमा हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप