पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय उपसमिति गठन
मङ्गलबार, १६ जेठ २०८०, १३ : ३४
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय समिति गठन गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य लालवीर चौधरीको अध्यक्ष रहने गरी प्रदीप पौडेल, ठाकुर गैह्रे, माधव सापकोटा, निशा डाँगी, बिना लामा, सिके राउत र सुशीला श्रेष्ठ सदस्य रहेका छन् ।
कार्यविधि मस्यौदा तयार गर्न उपसमितिलाई ७ दिनको समय दिइएको छ । समितिको बैठकमा एमाले सांसद गोकर्ण विष्टले आन्तरिक कार्यविधि विस्तृत छलफल गरेर बनाउन जोड गर्दै उपसमिति बनाउन आग्रह गरेपछि उपसमिति बनाइएको हो । जबकि अन्य संसदीय समितिहरूले एक दिनमा पनि आन्तरिक कार्यविधि पारित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण