रेशम चौधरीलाई माफी दिएर सरकारले अदालतको धज्जी उडायो : नेता केसी
काठमाडौँ । नेपाली कांग्रेसका केही नेताहरुले थालेको ‘कांग्रेस रूपान्तरण अभियान’ को बागमती प्रदेश भेला बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएको छ।
अभियानका बागमती प्रदेश संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यको अध्यक्षतामा भएको भेलामा नेता जगदीश नरसिंह केसी, देवराज चालिसे, प्रकाश रसाइली, रन्जित कर्ण, भुपेन्द्रजङ्ग शाही, गुरुराज घिमिरेलगायत सहभागी छन्।
पार्टीका नीति र रणनीतिहरु समयानुकूल परिमार्जित गर्नुपर्ने नेता केसीले बताए । ‘विगत लामो समयदेखि नेपाली कांग्रेसका भातृ संठनहरुको अधिवेशन अवरुद्ध गरिएको छ, त्यसको मिति पार्टी नेतृत्वले चाँडो भन्दा चाँडो घोषणा गर्नुपर्छ । पार्टीका नीतिहरु र रणनीतिहरु समयानुकूल परिमार्जित गर्नुपर्ने देखिन्छ,’ उनले भने ।
केसीले विद्यार्थी संगठनको एउटा अध्यक्षले स्ववियुको टिकट बाँड्ने, महिला संघको एउटा सभापतिले महाधिवेशन नगराई टिका लगाइ नेता चुन्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए।
रेशम चौधरीलाई सरकारले आममाफी दिएकोमा पनि उनले असन्तुष्टि जनाए । उनले भने, ‘आज सर्वोच्च अदालतले एउटा फैसला गर्छ, अनि सरकारले त्यसको धज्जी उडाउँछ। हाम्रो पार्टी चुपचाप बस्छ। यो हाम्रो पार्टीको विशेषता होइन।’
यस्तै, कांग्रेसले अन्य दलसँग गठबन्धन गर्न नहुने केसीले बताए । ‘नो प्री–पोल एलाइन्स रूपान्तरण अभियानको प्रमुख एजेन्डा हो’, उनले भने, ‘आगामी २०८४ को चुनावमा हामी एक्लै लड्नुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण