बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण : अपराधीलाई कारबाहीको माग गर्दै प्रदर्शन (तस्बिरहरु)

नक्कली भुटानी शरणार्थी प्रकरण : अपराधीलाई कारबाहीको माग गर्दै प्रदर्शन (तस्बिरहरु)

मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । सत्तारुढ दल एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै भ्रष्ट र अपराधीहरुलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । 

एकीकृत समाजवादीका नेता कार्यकर्ता मंगलबार काठमाडौँको माइतीघरबाट र्‍यालीसहित नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएका थिए । भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई उन्मुक्ति दिने आशंका भइरहेको भन्दै जनदबाब सिर्जना गर्न नेकपा समाजवादीले प्रदर्शन तथा र्‍याली निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई तथा सचिव टेकनारायण पाण्डेसहित १७ जना पक्राउ परिसकेका छन् । उनीहरुमाथि मुद्दा दायर भएर बयान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया