दिल्लीमा यस्तो छ प्रधानमन्त्रीको आजको कार्यक्रम
नयाँ दिल्ली । चार दिने भारत भ्रमणका क्रममा बुधबार दिल्ली आउन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिउँसो २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
आजै दिल्ली आएपछि प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बिहीबार बिहान मोदीसँग औपचारिक भेटवार्ता गर्नुअघि बुधबार साँझ डोभालसँग भेटवार्ता हुन लागेको हो ।
यस्तै प्रचण्डले नेपाली समूदायका केही कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने राति नेपाली दूतावासको कार्यक्रममा सहभागी हुनेछन् ।
नेपाली दूतावासले प्रधानमन्त्रीको स्वागत र सम्मानमा रात्रिभोजको आयोजना गरेको हो । साँझ ७ बजेदेखि सुरु हुने रात्रिभोजमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । सो रात्रिभोजमा नेपाली समुदाय, कूटनीतिक क्षेत्र र मिडियाकर्मीलगायत सहभागी हुनेछन् ।
प्रधानमन्त्री प्रचण्ड पटेल मार्गस्थित होटल आईटीसी मौर्यमा बस्नेछन् । प्रधानमन्त्रीसहित सरकारी ४४ जनाको टोलीलाई सोही होटमा बासको व्यवस्था मिलाइएको छ । सोही होटलमा डोभाल प्रधानमन्त्रीलाई भेट्न पुग्नेछन् भने सोअघि भारतीय विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्रीलाई भेट्नेछन् ।
प्रधानमन्त्रीको उच्च्स्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण