रेशम चौधरीको आममाफी विरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा
काठमाडौं । टीकापुर घटनाका मुख्य योजनाकार रेशमलाल चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध दायर भएको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । सो रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ ।
शारदा बोहरा कडायतले दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न बुधबार न्यायाधीश भट्टराईको एकल इजलासमा पेसी तोकिएको हो । शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।
हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला अदालत, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते सदर गरेको थियो । तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाई आममाफी दिएका हुन् । राष्ट्रपतिबाट आममाफी पाएका रेशम यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण