नक्कली भुटानी शरणार्थी प्रकरण
सचिव टेकनारायणसहित तीन जनाको बयान लिन थालियो
बुधबार, १७ जेठ २०८०, ११ : ५०
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार थप तीन प्रतिवादीको बयान लिने क्रम सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा उनीहरुको बयान सुरु भएको हो ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र गोविन्द चौधरीको बयान लिन थालिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । अहिलेसम्म ८ प्रतिवादीको बयान लिइसकिएको छ । केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, टंककुमार गुरुङ, सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान लिने काम सम्पन्न भइसकेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी छन् । तीमध्ये १७ जना पक्राउ परिसकेका छन् भने १३ जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण