स्वास्थ्य मन्त्रालय अन्तर्गतका ९ जना उच्च कर्मचारीको सरुवा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालय अन्तर्गतका ९ जना उच्च कर्मचारीको सरुवा गरेका छन् । बुधवार मन्त्री स्तरीय निर्णय गर्दै बस्नेतले ९ जना उच्च कर्मचारीको सरुवा गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयमा लामो समयदेखि भूमिकाविहीन भई बसेका नारायण ढकाललाई औषधि व्यवस्था विभागको महानिर्देशक बनाइएको छ । विभागका महानिर्देशक भरत भट्टराईलाई भने राष्ट्रिय औषधि प्रयोगशाला पठाइएको मन्त्रालय निकट स्रोतले जनाएको छ ।
यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक डा.चुमनलाल दासलाई मन्त्रालयमा तानिएको छ । इडीसीडीको निर्देशकमा राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा.रुद्र मरासिनीलाई ल्याइएको छ । उता राष्ट्रिय ट्रमा सेन्टरमा निमित्त मेसुका रूपमा अर्थोपेडिक सर्जन डा.बद्री रिजाललाई तानिएको हो ।
डा. श्रीप्रसाद अधिकारीलाई परोपकार प्रसूति गृहको निर्देशक बनाइएको छ भने राष्ट्रिय तालिम केन्द्रमा डा.अनुज भट्टचनलाई तानिएको छ । परोपकार प्रसूति गृहका निर्देशक डा.पवनजंग रायामाझी र तालिम केन्द्रका निर्देशक डा.यदुचन्द्र गौतमलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण