विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौँ । सरकारले पाँच वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले केन्द्रीय बैंकमार्फत यस्तो ऋण उठाउने भएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार अर्थात् जेठ १९ गते १० अर्ब रुपैयाँ बराबरको पाँच वर्षे विकास ऋणपत्र २०८५ ‘झ’ जारी गर्ने भएको छ । यसको बोलकबोल भने बिहीबार अर्थात् जेठ १८ गते ३ बजे बोलकबोल हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तल उल्लिखित मिति र समयभित्र बोलकबोल पेश गर्न बैंकले सार्वजनिक सूचना जारी गरेको छ । इच्छुक लगानीकर्ताले मंगलबार दिउँसो ३ बजेभित्र प्रस्तावित ब्याजदरसहित ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।
२०८० जेठ १९ गते जारी हुने ऋणपत्र आगामी २०८५ जेठ १९ गते परिपक्क हुने बैंकले जनाएको छ । ऋणपत्रको ब्याजदर भने बैंकले अर्धवार्षिक अर्थात् ६÷६ महिनामा भुक्तानी दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण