पत्रकारहरूको सुरक्षाका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध
बुटवल । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले पत्रकारहरूको सुरक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीले बुधवार गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले पत्रकारको दुर्घटना बीमा नवीकरणका लागि काम अगाडि बढाइने बताए । उनले बाँकी रहेका सञ्चारसम्बन्धी ऐन बनाउन तथा सञ्चार संस्था र पत्रकारको सुरक्षाका लागि पनि सरकार अघि बढेको बताए ।
उनले मन्त्री, नेताको मात्र नभई आम नागरिकको भावना र विचार मिडियाले समेट्न आवश्यक रहेको बताउँदै पिछडिएको क्षेत्रका समाचारलाई मिडियाले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि निरन्तर पहल गरिरहेको जानकारी बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण