प्रचण्डले भारतसँग गलत सहमति गर्न सक्छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल
सिराहा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सहमति गर्न सक्ने बताउँदै त्यसको लागि खबरदारी गर्नुपर्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी सिराहाले गोलबजारमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरीत सम्झौता गरे पार्टी चुप लागेर नबस्नेसमेत चेतावनी समेत दिए ।
एमाले सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरीत कुनै पनि सहमति सम्झौता मान्य नहुने उनको भनाई थियो । उनले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी वृहत् र व्यवस्थित पार्टी बनाउन कार्यकर्ताहरूलाई आव्हानसमेत गरेका छन् ।
सोही अवसरमा नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादव र जनता समाजवादी पार्टीका प्रदेश सदस्य विना शर्मा, टीका लामा, जिल्ला सदस्य कृष्णा सिंह ज्ञान कुमार सिंह सहित विभिन्न पार्टी परित्याग गरी सयौँको सङ्ख्यामा नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण