सशस्त्र प्रहरीको विपद् उद्धार टोलीद्वारा २४३ विपद् घटनामा ८०२ जनाको जीवितै उद्धार
चितवन । सशस्त्र प्रहरीको विपद् उद्धार टोलीद्वारा हाल सम्म दुई सय ४३ विपद् घटनामा ८ सय दुई जनाको उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयका अनुसार यी घटनामा ३ सय १७ जनाको मृत अवस्थामा उद्धार गरिएको छ।
शिक्षालयले बिहीबार चितवन स्थित कुरिनटार भएर बग्ने त्रिशूली नदीमा खोज– उद्धारको अनुकरण अभ्यासका क्रममा यस्तो जानकारी दिएको हो। अभ्यासका क्रममा त्रिशूली नदीमा बगाएकाको उद्धार कसरी गर्ने भएर गोताखोरको प्रयोग, र्याफ्टिङ टोलीद्वारा उद्धार र नदीमा डोरीको सहायताले गरिने उद्धार लगाएको अभ्यास देखाइएको थियो ।
कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवर लगायतको उपस्थिति थियो।
गोताखोर तालिम र अभ्यास सुनसरी र पोखराको फेवातालमा गरिएको थियो। जसमध्ये १९ जना सशस्त्र प्रहरी र एकजना प्रहरी जवानलाई तालिम दिइएको थियो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण