बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको विपद् उद्धार टोलीद्वारा २४३ विपद् घटनामा ८०२ जनाको जीवितै उद्धार

बिहीबार, १८ जेठ २०८०, ०९ : ०६
बिहीबार, १८ जेठ २०८०

चितवन । सशस्त्र प्रहरीको विपद् उद्धार टोलीद्वारा हाल सम्म दुई सय ४३ विपद् घटनामा ८ सय दुई जनाको उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयका अनुसार यी घटनामा ३ सय १७ जनाको मृत अवस्थामा उद्धार गरिएको छ। 

शिक्षालयले बिहीबार चितवन स्थित कुरिनटार भएर बग्ने त्रिशूली नदीमा खोज– उद्धारको अनुकरण अभ्यासका क्रममा यस्तो जानकारी दिएको हो। अभ्यासका क्रममा त्रिशूली नदीमा बगाएकाको उद्धार कसरी गर्ने भएर गोताखोरको प्रयोग, र्‍याफ्टिङ टोलीद्वारा उद्धार र नदीमा डोरीको सहायताले गरिने उद्धार लगाएको अभ्यास देखाइएको थियो । 

कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवर लगायतको उपस्थिति थियो।

गोताखोर तालिम र अभ्यास सुनसरी र पोखराको फेवातालमा गरिएको थियो। जसमध्ये १९ जना सशस्त्र प्रहरी र एकजना प्रहरी जवानलाई तालिम दिइएको थियो। 

naranyan kagi shresthaudhyar2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप