कांग्रेस सभापति देउवाद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान (तस्बिरहरु)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका (घुँडा भन्दा तल) हरि बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताएका छन् । बिहीवार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । उनले दुवै खुट्टा गुमाएर पनि हरेस नखाइकन सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण कुरा रहेको बताए । उनले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको सफल अरोहण गर्नु कुनै पार्टीको मात्रै नभइ देशका लागि गर्वको कुरा भएको बताए ।
_wIZBgMxQ6d.jpg)
उनले भने– ‘दुवै खुट्टा गुमाएर पनि उहाँले हरेस नखाइकन हिमाल चढेर, सगरमाथाको टुप्पोमा पुगेर आउनुभयो । उहाँलाई धेरैलाई यस बखत सहयोग गर्नुभयो । सम्पूर्ण नेपाली जनता र हाम्रो पार्टीको तर्फबाट शुभकामना । उहाँको थप जीवन उन्नति होस् । यो अत्यन्त महत्वपूर्ण सफलता हो । यो हाम्रो पार्टी र देशका लागि गर्वको कुरा हो ।’ सम्मान ग्रहणपछि बोल्दै आरोही बुढामगरले अबको आफ्नो काम शारीरिक अशक्त भएकाहरुका लागि बाधा पर्ने कानूनहरुको अड्चन फुकाउनु रहेको बताए । उनले सरकारले शारीरिक अशक्त भएकाहरुलाई सरकारले कानूनमा सहजता दिए आफ्नो सहयोग सदैव सरकारप्रति रहेको प्रतिवद्धता जनाए ।
_q5ViMxtVF5.jpg)
उनले भने, ‘यही सरकार थियो, मलाई दुवै हात, खुट्टा, आँखा नहुनेलाई कानुन ल्याइएको थियो । त्यहाँ ६ हजार माथिका हिमाल चढ्न नमिल्ने कानुन थियो । हामीले सबै मिलेर मुद्दा लड्यौँ । हामीले जित्यौँ । कानुन मिलेपछि चढ्न ६ वर्ष लाग्यो । अब अरुलाई अवसर दिनुपर्छ । हामीले कसरी सशक्त रुपमा अघि बढ्नुपर्छ । सरकारलाई पनि सुसुचित बनाउनुपर्छ । त्यस्ता कानून अब ल्याउनुभएन ।’ पूर्वप्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुमा धेरै असर पुगेको भन्दै बचाउन लाग्नुपर्नेमा जोड दिएका थिए । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_2Un3iE5ese.jpg)
_PEuWULElW9.jpg)
_oXRh1YFAmY.jpg)
_gcszmNCZz1.jpg)
_6MSaagkAqe.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण