विद्यालयबाट ६ थान कम्प्युटर चोरी, एकजना पक्राउ
रौतहट । रौतहटस्थित एक सामुदायिक विद्यालयबाट ६ थान कम्प्युटर चोरी भएको छ । उक्त घटनामा सामानसहित एकजना पक्राउ परेका छन् ।
जिल्लाको पूर्वी भेग वृन्दावन नगरपालिका–२ स्थित नेपाल माध्यमिक विद्यालय विश्रामपुरमा गए राति प्रधानाध्यापक कक्ष, लेखा तथा प्रशासन फाँट र कम्प्युटर ल्याबको तल्चा फुटाएर चोरी भएको थियो ।
कम्प्युटर ल्याबबाट ४ थान, स्मार्ट क्लासबाट एक थान र लेखा तथा प्रशासन फाँटबाट एक थान गरी ६ थान कम्प्युटर र केही महत्त्वपूर्ण कागजात चोरी भएको भएको विद्यालयका प्रधानाध्यापक प्रेमलाल पटेलले बताए ।
विद्यालयमा जडान गरिएको सिसीटिभी क्यामरासमेत तोडफोड गरिएको प्रधानाध्यापक पटेलले बताए । घटनाको जानकारीपछि वृन्दावन नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मी, पूर्व मेयर राम स्नेही राय यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिकिन्द्र पटेल, स्थायी प्रहरी चौकी विश्रामपुरका र इलाका प्रहरी कार्यालय गरुडाको टोलीले विद्यालयको निरीक्षण गरेको थियो।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले चोरीको घटनामा संलग्न एकजनालाई केही सामानसहित पक्राउ गरेको तथा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण