सुडानमा १२ लाखभन्दा बढी मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ । सुडान द्वन्द्व सुरु भएको छ हप्तामा १२ लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीले बुधबार बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले स्थलगत टोलीबाट प्राप्त प्रारम्भिक प्रतिवेदनका आधारमा आफ्नो तथ्याङ्क तयार पारेको जनाएको छ ।
ओसीएचएले भनेको छ, “यसबीच, हामी र हाम्रा साझेदारहरूले कुनै पनि समय सबै स्थानमा सम्भावित सहयोग पु¥्याइरहेका छौं । “विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले खार्तुम क्षेत्रमा सहयोग वितरण सुरु गरेको छ । डब्ल्यूएफपीले ओमदुरमानमा फसेका करिब १५ हजार मानिसहरूलाई आपत्कालीन खाना उपलब्ध गराएको जनाएको छ ।
सुडानमा डब्लुएफपीले विगत चार हप्तामा सात लाख ८२ हजारभन्दा बढी मानिसलाई खाद्य तथा पोषण सहायता प्रदान गरेको मानवीय सहायता कार्यालयले जनाएको छ । डब्ल्यूएफपीले सुडानमा आधारभूत सम्पर्क चुनौतीपूर्ण रहेका स्थानमा संयुक्त राष्ट्रसङ्घका सबै निकायहरू र व्यापक मानवीय समुदायलाई आपत्कालीन दूरसञ्चार सेवाहरू पनि प्रदान गर्दछ ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले अल–जजिराको वाद मेदानीस्थित प्रसूति गृहलाई जीवनरक्षक औषधि र प्रजनन स्वास्थ्य सामग्री उपलब्ध गराउने गरेको ओसिएचएले जनाएको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपुर्तिको सजाय
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’
-
मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू