सुडानमा १२ लाखभन्दा बढी मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घ । सुडान द्वन्द्व सुरु भएको छ हप्तामा १२ लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीले बुधबार बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले स्थलगत टोलीबाट प्राप्त प्रारम्भिक प्रतिवेदनका आधारमा आफ्नो तथ्याङ्क तयार पारेको जनाएको छ ।
ओसीएचएले भनेको छ, “यसबीच, हामी र हाम्रा साझेदारहरूले कुनै पनि समय सबै स्थानमा सम्भावित सहयोग पु¥्याइरहेका छौं । “विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले खार्तुम क्षेत्रमा सहयोग वितरण सुरु गरेको छ । डब्ल्यूएफपीले ओमदुरमानमा फसेका करिब १५ हजार मानिसहरूलाई आपत्कालीन खाना उपलब्ध गराएको जनाएको छ ।
सुडानमा डब्लुएफपीले विगत चार हप्तामा सात लाख ८२ हजारभन्दा बढी मानिसलाई खाद्य तथा पोषण सहायता प्रदान गरेको मानवीय सहायता कार्यालयले जनाएको छ । डब्ल्यूएफपीले सुडानमा आधारभूत सम्पर्क चुनौतीपूर्ण रहेका स्थानमा संयुक्त राष्ट्रसङ्घका सबै निकायहरू र व्यापक मानवीय समुदायलाई आपत्कालीन दूरसञ्चार सेवाहरू पनि प्रदान गर्दछ ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले अल–जजिराको वाद मेदानीस्थित प्रसूति गृहलाई जीवनरक्षक औषधि र प्रजनन स्वास्थ्य सामग्री उपलब्ध गराउने गरेको ओसिएचएले जनाएको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण