नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका महर्जन अदालतमा हाजिर
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतिवादी हरिभक्त महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । ललितपुर निवासी महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुन आएका हुन् । यसअघि उनकी पत्नी लक्ष्मी महर्जनलाई सोही प्रकरणमा प्रहरीले पक्राउ गरिसकेको थियो ।
अदालतमा हाजिर हुन आएका महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएर महर्जनविरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित ३० जनालाई प्रतिवादी बनाएर मुद्दा प्रक्रिया अघि बढाएको छ । तीमध्ये हालसम्म १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार छन् ।
काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरुको बयान लिने क्रम जारी छ । जेठ १२ देखि प्रतिवादीहरुको बयान लिन थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण