बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्यमा बजेट थोरै भयो : योगेश भट्टराई

बिहीबार, १८ जेठ २०८०, १६ : १६
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य क्षेत्रलाई छुट्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन् ।  भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा प्राप्त गर्ने प्रत्येक नागरिकको संविधान प्रदत्त मौलिक हक भएपनि बिनियोजित बजेटले त्यो हक पाउन नसक्ने टिप्पणी गरेका हुन् । 

सरकारले आगामी वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्व ९९ करोड १८ लाख बजेट छुट्ट्याएको छ । जुन रकम संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट हो । भट्टराईका अनुसार यो रकम चालू वर्षको भन्दा १९ अर्बले कम हो ।

1234
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप