प्रधानमन्त्रीको भारत भ्रमण
आफ्नो भूभाग हुँदै नेपालबाट बंगलादेश बिजुली बेच्न भारतको सहमति
बिहीबार, १८ जेठ २०८०, १७ : ०४
काठमाडौँ । भारतले नेपालबाट आफ्नो जमिन हुँदै बंगलादेश बिजुली बेच्न दिन सहमति जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालबाट भारतीय भूभाग हुँदै बंगलादेशलाई बिजुली बेच्न दिन सहमति जनाएको हो ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्राले आफ्नो भूभाग हुँदै नेपालबाट ४० मेगावाट बिजुली बेच्न सहमती दिन समस्या नहुने बताएका हुन् । आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भने, ‘नेपाल र बंगलादेशबीच बिजुली व्यापारका लागि त्रिपक्षीय सम्झौता चाहिन्छ । तर, यसका लागि भारत तयार छ ।’
नेपाल र बंगलादेशबीच विद्युत व्यापार भएमा क्षेत्रीय रुपमा नै फाइदा हुने र यसका लागि भारत तयार रहेको क्वात्राको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण