एनएमबी बैंक लुटमा संलग्न अझै पक्राउ परेनन्
जनकपुरधाम । महोत्तरीमा प्रहरी चौकी नजिकैको बैंक दिनदहाडै लुटपाट भएको चार दिन बित्दासमेत लुटेराहरु पक्राउ गर्न प्रहरी असफल देखिएको छ ।
मंगलबार १२ बजेर २० मिनेटमा मास्क लगाएका चार जनाको समूहले हतियार देखाएर महोत्तरी गाउँपालिका–२, महोत्तरी बजारस्थित एनएमबी बैंकमा लुटपाट गरेका थिए । उनीहरु बैंकको काउन्टरबाट रकम लुटेर मोटरसाइकलमा फरार भएका थिए ।
लुटपाटमा संलग्नहरुको खोजबिन तीव्र पारिएको महोत्तरी प्रहरीले जनाएको छ । लुटपाट भए लगत्तै सीसीटीभीको फुटेज र प्रत्यक्षदर्शीहरुको बयानको आधारमा खोजी सुरु गरिएको प्रहरीको भनाइ छ । यद्यपि अहिलेसम्म लुटपाटमा संलग्नको पहिचान हुन सकेको छैन ।
बैंकमा लुटपाट भएको केही बेरपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिनेश गिरीले बैंकबाट ३८ लाख रुपैयाँ लुटिएको कर्मचारीहरुले जानकारी दिएको बताएका थिए । तर पछि बैंकको हिसाबमा १५ लाख १ हजार ४९३ रुपैयाँ मात्रै लुटिएको पाइएको जनाइएको छ ।
प्रहरीले शंकास्पद व्यक्तिहरुसँग सोधपुछ र निगरानीको काम जारी राखेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण