शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबी बैंक लुटमा संलग्न अझै पक्राउ परेनन्

बिहीबार, १८ जेठ २०८०, १९ : ५८
बिहीबार, १८ जेठ २०८०

जनकपुरधाम । महोत्तरीमा प्रहरी चौकी नजिकैको बैंक दिनदहाडै लुटपाट भएको चार दिन बित्दासमेत लुटेराहरु पक्राउ गर्न प्रहरी असफल देखिएको छ ।

मंगलबार १२ बजेर २० मिनेटमा मास्क लगाएका चार जनाको समूहले हतियार देखाएर महोत्तरी गाउँपालिका–२, महोत्तरी बजारस्थित एनएमबी बैंकमा लुटपाट गरेका थिए । उनीहरु बैंकको काउन्टरबाट रकम लुटेर मोटरसाइकलमा फरार भएका थिए ।

लुटपाटमा संलग्नहरुको खोजबिन तीव्र पारिएको महोत्तरी प्रहरीले जनाएको छ । लुटपाट भए लगत्तै सीसीटीभीको फुटेज र प्रत्यक्षदर्शीहरुको बयानको आधारमा खोजी सुरु गरिएको प्रहरीको भनाइ छ । यद्यपि अहिलेसम्म लुटपाटमा संलग्नको पहिचान हुन सकेको छैन ।

बैंकमा लुटपाट भएको केही बेरपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिनेश गिरीले बैंकबाट ३८ लाख रुपैयाँ लुटिएको कर्मचारीहरुले जानकारी दिएको बताएका थिए । तर पछि बैंकको हिसाबमा १५ लाख १ हजार ४९३ रुपैयाँ मात्रै लुटिएको पाइएको जनाइएको छ ।

प्रहरीले शंकास्पद व्यक्तिहरुसँग सोधपुछ र निगरानीको काम जारी राखेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप