प्रधानमन्त्री प्रचण्डले १०८ किलो रुद्राक्षले पूजा गर्ने
काठमाडौँ । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार भारतको उज्जैनको महाकलेश्वर मन्दिरमा पूजापाठ गर्ने भएका छन् । बिहान ११ बजे मन्दिर पुगेर उनले १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजा अर्चना गर्ने भएका हुन् । उनले काठमाण्डौँबाट लगिएको विशिष्ट प्रकारको १०८ किलो रुद्राक्षले पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।
नेपालका प्रधानमन्त्रीको ‘अति विशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरि ६ घन्टासम्म सर्वसाधारणलाई मन्दिरभित्र प्रवेश तथा पूजा अर्चनामा रोक लगाइएको छ ।
शुक्रवार बिहान ६ बजेदेखि १२ बजेसम्म मन्दिरको गर्भ गृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारी मात्र गर्भ गृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको भारतीय विदेश मन्त्रालय स्रोतले जनाएको छ ।
मध्यप्रदेशस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्ड पुगेपछि मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण