शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डले १०८ किलो रुद्राक्षले पूजा गर्ने

बिहीबार, १८ जेठ २०८०, २२ : २०
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार भारतको उज्जैनको महाकलेश्वर मन्दिरमा पूजापाठ गर्ने भएका छन् । बिहान ११ बजे मन्दिर पुगेर उनले १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा  पूजा अर्चना गर्ने भएका हुन् । उनले काठमाण्डौँबाट लगिएको विशिष्ट प्रकारको १०८ किलो रुद्राक्षले पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।

नेपालका प्रधानमन्त्रीको ‘अति विशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरि ६ घन्टासम्म सर्वसाधारणलाई मन्दिरभित्र प्रवेश तथा पूजा अर्चनामा रोक लगाइएको छ ।

शुक्रवार बिहान ६ बजेदेखि १२ बजेसम्म मन्दिरको गर्भ गृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारी मात्र गर्भ गृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको भारतीय विदेश मन्त्रालय स्रोतले जनाएको छ ।

मध्यप्रदेशस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्ड पुगेपछि मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप