सार्वजनिक कार्यक्रममै नवल र प्रदीपबीच चर्काचर्की
काठमाडौँ । नेपालका फिल्मकर्मीको सार्वजनिक कार्यक्रममा एक अर्कोसँग चर्काचर्की परेको अचेल धेरै देख्न पाइन्छ । बिहीबार चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना गरेको ‘बजेटमा चलचित्र उद्योग’ नाममा अन्तरक्रियामा पनि दुई चलचित्रकर्मीको चर्काचर्कीले मुख्य विषय नै ओझेल पार्यो ।
कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्का र चलचित्र सङ्घका पूर्व अध्यक्ष तथा हल व्यवसायी प्रदीपकुमार उदयबीच चर्काचर्की परेको हो । कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा निर्माता सङ्घका अध्यक्ष खड्काले सबै वितरकले ३० लाखमा किनेको फिल्मको सोहीअनुसार भन्सार नतिर्ने र टेबलमुनिबाट काम हुने गरेको बताएका थिए । उनको भनाइप्रति उदयले आपत्ति जनाएपछि चर्काचर्की परेको थियो ।
उक्त अवसरमा सरकारले विदेशी फिल्म आयातका लागि १ प्रतिशत भन्सार लगाएर नेपाली फिल्ममाथि खेलबाड गरेको आरोप निर्माता खड्काले लगाएका थिए । उनले १ प्रतिशत भन्सार लगाउनुपर्ने कारण के हो ? सरकारलाई प्रश्न गरे । नवलले भने– ‘खेलाडीहरूलाई करोडौं रुपैयाँ दिन सक्ने सरकारले फिल्म क्षेत्रलाई १–२ करोड पनि दिन नसक्ने किन ?’
कार्यक्रममा चलचित्र सङ्घका पूर्व अध्यक्ष उदय नवलको कुरामा आपत्ति जनाउँदै चर्किए । उनले नवललाई आफ्नो संस्थाका सदस्यहरूलाई विना प्रमाण आरोप नलगाउन नमिल्ने भन्दै चेतावनी दिए । उनले निर्माताहरुले पनि कमाई अनुसारको भन्सार नतिरेको प्रमाण देखाउन चेतावनी दिए ।
नवल र उदयले अन्तरक्रियाको मुख्य विषयबाट पर हटेर एक अर्कालाई आरोप लगाउन थालेपछि कार्यक्रम सञ्चालकले बीचमै रोक्नुपरेको थियो ।
कार्यक्रममा नवलले उठाएको विषय अनावश्यक समेत रहेको धारणा उदयले राखेका थिए । थुप्रै फिल्म क्षेत्रका सङ्घ–संस्था उपस्थित कार्यक्रममा अधिकांशले सरकारले फिल्मकर्मीलाई उपेक्षा गरेको धारणा राखे । उनीहरुले बजेटमा फिल्मकर्मीको माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण